२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रवर्धन कोषमा अधिकांश सहकारीको योगदान नभएको महालेखाको निष्कर्ष



अ+ अ-

काठमाडौं। सहकारी ऐन, २०७४ अनुसार सहकारी संस्थाहरूको खुद बचतबाट जगेडा कोषमा रकम छुट्याई बाँकी रकमको ०.५ प्रतिशतले हुन आउने रकम वार्षिक रूपमा सहकारी प्रवर्धन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भए पनि देशभरका अधिकांश सहकारीले उक्त दायित्व पूरा नगरेको पाइएको छ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार देशभरका ३२ हजार ९६५ सहकारी संस्थामध्ये अधिकांशले सहकारी प्रवर्धन कोषमा रकम जम्मा नगरेको देखिएको हो। कोषमा रकम नजम्मा गर्ने सहकारीको लगत खडा गरी आवश्यक कारबाहीका लागि विभागमा पठाउने व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार कोषका तीन बैंक खातामा गत वर्षको जिम्मेवारी रु. ११ करोड ९९ लाख १९ हजार र चालु वर्षको रु. २ करोड १४ लाख ५० हजार थप भई कुल रु. १४ करोड १३ लाख ६९ हजार मौज्दात रहेको छ।

त्यसैगरी, कोषको सचिवालयले सहकारीबाट विस्तृत विवरण सङ्कलन नगरी बैंक स्टेटमेन्टका आधारमा एकमुष्ट आम्दानी जनाउने गरेको कारण रकम दाखिला गर्ने सहकारीहरूको यकिन विवरण स्पष्ट हुन नसकेको पनि प्रतिवेदनले औंल्याएको छ।

महालेखाले कोषको लेखा तथा वित्तीय विवरण तयार गरी नियमित लेखापरीक्षण नगरिएकोसमेत देखिएको उल्लेख गरेको छ। मन्त्रालयले रकम दाखिला सम्बन्धी अभिलेख अद्यावधिक, प्रभावकारी अनुगमन तथा कोषको नियमित लेखापरीक्षण गराउन आवश्यक रहेको प्रतिवेदनको सुझाव छ।