३१ श्रावण २०८३, आईतवार
,
Latest
लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुन्य समयमा उठेका विषय कार्यान्वयन नभए ‘जिरो आवर’ बन्द गर्न सांसद खरेलको माग



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शुन्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शुन्य समयको औचित्य नरहने उहाँको तर्क छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्बासीको जग्गा सम्बन्धी समस्या लगायतका विषयमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले कुनै सुनुवाई नगरेको बताउनु भयो ।

उहाँले वर्षायाम शुरु हुन लाग्दा समेत पीडितका समस्या समाधानतर्फ सरकारको ध्यान नगएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । शुन्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्रै हो कि कार्यान्वयनमा ल्याउन पनि हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस्। होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस् ।’

सदनमा सांसदहरूले उठाएका मागप्रति सरकार अनुत्तरदायी बन्दा यसअघि सांसद हरि ढकालले ‘मौन धारण’ गरेर विरोध जनाउनु परेको प्रसङ्ग उल्लेख गर्दै खरेलले पुनः त्यस्तो परिस्थिति सृजना हुन नदिन सरकारलाई सचेत गराउनु भयो । उहाँले जनसरोकारका मुद्दाहरूमा सरकारलाई गम्भीर बन्न र सदनको गरिमा कायम राख्न विशेष ध्यानाकर्षण गराउनुभएको छ ।