१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान



अ+ अ-

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम(व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गर्नुभएको छ। 

'मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,' किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गर्नुभएको हो।

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गर्नुभएको  थियो । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिनुभएको छ ।

 उहाँले प्रि(प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आउँनुभएको छ। (रासस/सिन्ह्वा)