११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व संकलन



फाईल फोटो
अ+ अ-

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।  रासस