५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ यही जेठ ८ देखि



अ+ अ-

काठमाडाैँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा यही जेठ ८ देखि १० गतेसम्म ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा तीनदिने प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले स्थानीयस्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवम् प्रचारप्रसार गरी उद्यमीलाई बजारसम्म पहुँच पु¥याउने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । हस्तकला क्षेत्रले नेपालमा लाखौँको सङ्ख्यामा रोजगार सिर्जना गरेको र वार्षिक करिब २८ अर्ब रुपैयाँ बराबरको सामग्री निर्यात भइरहेको उहाँको भनाइ छ ।

उक्त मेलामा हस्तकला प्रदर्शनी तथा बिक्रीका साथै विविध सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष शाक्यले बताउनुभयो । मेलामा स्थानीय उद्यमी, कलाकार तथा कालिगढले प्रत्यक्ष रूपमा आफ्नो सीप प्रदर्शन गर्नेछन् । ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’को अवधारणालाई आत्मसात् गर्दै आयोजना हुन लागेको उक्त प्रदर्शनीमा करिब ७० वटा कक्ष रहने महासङ्घले जनाएको छ । महासङ्घका महाप्रबन्धक उत्तमप्रसाद देवकोटाले मेलामा हस्तकलाका साथै अन्य निर्यातजन्य नेपाली वस्तु र सेवाको पनि प्रदर्शनी गरिने बताउनुभयो ।

तीन दिनसम्म चल्ने प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै सङ्खुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायतका जिल्लाबाट स्थानीय सङ्घहरूको सहभागिता रहने जनाइएको छ । प्रदर्शनी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेला अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासङ्घले जनाएको छ ।