५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद पन्तको प्रश्न: निर्माण व्यवसायीको समस्यामा सरकार कहिले गम्भीर हुन्छ ?



अ+ अ-

काठमाडाैँ । सांसद कमला पन्तले निर्माण व्यवसायीहरूको समस्या, पुरानो भुक्तानी, जनता आवास कार्यक्रमबारे चासो देखाउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले निर्माण व्यवसायीहरू काम छोडेर “हात बाँधेर बस्नुपर्ने अवस्था आएको” भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँकाअनुसार धेरै निर्माण कम्पनीहरूले अघिल्ला वर्षहरूमा गरेको कामको भुक्तानी अझै नपाएको गुनासो व्यापक रूपमा आइरहेको छ । सो भुक्तानी कहिलेसम्म दिइन्छ, सरकारले यसका लागि कति बजेट छुट्याएको छ, र भुक्तानी नदिई निर्माण कार्य अघि बढाउन सम्भव नरहेको बताउनु भयो ।

उहाँले “जनता आवास” कार्यक्रम अहिले “बस्ती विकास” नाममा सञ्चालन भइरहेको उल्लेख गर्दै पालिकाहरूलाई बजेट छुट्याइँदा समयमै जानकारी नपाउँदा लक्षित लाभग्राही पहिचानमा कठिनाइ भएको बताउनु भयो । जनप्रतिनिधिहरूलाई पहिल्यै जानकारी भए अझ प्रभावकारी रूपमा आवश्यक परिवार छनोट गर्न सकिने उहाँको भनाइ थियो ।

सांसद पन्तले भन्नुभयो–‘अहिले  निर्माण व्यवसायीहरु निर्माण कार्य छोडेर हात बाँधेर बसेका छन् भन्ने सुनिन्छ । त्यो के हो ?  निर्माण व्यवसायीले पहिला काम गरेको भुक्तानी पाएको छैन रे भन्ने सुन्नमा आएको छ । अब त्यो भुक्तानी दिन कति होला ?  पुरानो भुक्तानीको लागि कति बजेट छुट्याएको छ र भुक्तानी नै नदिइ निर्माण व्यवसायीले काम गर्छन् भन्ने आशा अपेक्षा सरकारले गरेको छ कि छैन यो मैले जान्न चाहेँ ।   यो जनता आवास कार्यक्रममा मेरो चासो छ । यो पहिला जनता आवास थियो अहिले चाहिँ बस्ती विकासको कुरा भएको छ । अब यो अहिले पालिकाहरु छुट्याएको भएदेखि हामीले पहिले नै हामीले जानकारी पाएदेखि अति आवश्यक  हामी पहिचान गर्न सक्थ्यौं होला जनप्रतिनिधिहरुले जस्तो लाग्छ ।’

उहाँले बुढीगण्डकी जलविद्युत आयोजना को सन्दर्भमा एक अर्ब रुपैयाँको बजेटले आयोजना बन्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाउँदै विगतमा सरकारका विभिन्न भनाइ र प्रतिवद्धतामाथि पनि जिज्ञासा राख्नुभयो ।