३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अनुगमन निकाय सुस्त हुँदा कालाबजारी मुद्दा घट्यो, वर्षमा एउटा मात्रै

अनुगमन निकाय सुस्त हुँदा कालाबजारी मुद्दा घट्यो, वर्षमा एउटा मात्रै
अ+ अ-

काठमाडौं।जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग स्थानीय तहलगायतका निकायले अनुगमन नगर्दा कालोबजारीसम्बन्धी मुद्दा न्यून पर्ने गरेको छ। आर्थिक वर्ष २०७६/७७ को हालसम्मको चार महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जापानद्वारा अनुदानमा दिएको चामल बिक्री गरेको अभियोगमा एउटा मात्र मुद्दा परेको देखिएको छ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ सँग सम्बन्धित मुद्दाको संख्या अत्यन्त न्यून पर्दा बजारमा मनलाग्दी तरिकाले बिचौलियाले फलफुल, तरकारी, दूध, माछा मासुजस्ता खाद्य वस्तुमा मूल्य वृद्धि गर्दा सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन् ।राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी मूल्य अनुगमन, विश्लेषण निर्धारण नगरेका कारण बजारमा जथाभावी मूल्य तिर्न उपभोक्ता बाध्य भएको आरोप लगाए ।

‘मञ्चले सरकारलाई बारम्बारभन्दा पनि सुनुवाइ नगरेका कारण उपभोक्ता ठगिरहेका छन्,’ महर्जनले भने । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरपालिकाले अनुगमन गरेकै कारण मुद्दा नपरेको जिकिर गरेकी छन् । उनले दसैं र तिहारमा आफैंले अनुगमन गरेको र अहिले महानगरका कर्मचारीले अनुगमन गरिरहेको बताइन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ ले उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने व्यवस्था गरेको छ । तर उप-प्रमुखले भनेअनुसार व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

अहिले बजारमा जसले जति मूल्य लिए पनि हुने भएको छ । तरकारीको भाउ अकासिएको छ । बिचौलियाले उपभोक्तालाई ठगिरहेका छन् । तर, कालाबजारी ऐनमा २० प्रतिशतभन्दा बढी मूल्य लिन नपाउने व्यवस्था गरे पनि व्यापारीले कपडा, तरकारीजस्ता वस्तुमा ५० प्रतिशतभन्दा बढी मूल्य फाइदा लिइरहेका छन् । महर्जनका अनुसार सरकारसँग मूल्य थाहा पाउने विधि नै नभएको हुनाले व्यापारीले मनलागी पैसा असुली रहेका छन् । मूल्य नियमनको संयत्र नभए पछि बिचौलियाले जति पनि लिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले स्थानीय तहको उपप्रमुखको संयोजकत्वमा अनुगमन हुने भएको हुनाले कार्यालयले त्यति ध्यान नदिएको बताए । उनले जनप्रतिनिधिले सबैलाई चिन्ने र कारबाही गर्दा राजनीतिक रूपमा फाइदा नहुने भएको हुनाले कम मुद्दा परेको बताए ।

जिल्ला प्रशासन कार्यालयमा आर्थिक वर्ष २०७६/७७ मा जापान सरकारले नेपाललाई अनुदान दिएको जापानिज चामल बेचेको अभियोगमा राजनप्रसाद फुयाँल र कृष्णप्रसाद बजगाईंउपर मुद्दा परेको छ । जुन मुद्दा जिल्ला प्रशासन कार्यालयले हेरिरहेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले जानकारी दिए । उनले साधारण मुद्दा मात्र यहाँ पर्ने गरेको बताए । राजधानी दैनिकबाट