१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग
अ अ+ अ-

काठमाडाैँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गर्नुभयो ।

सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद अप्सना बानुले विदेशमा रोजगारी गर्न गएर ज्यान गुमाएकाको शव ल्याउन असहज हुने गरेको बताउनुहुँदै वैदेशिक रोजगारीमा जानेहरुको जीवनका बारेमा पनि ध्यान दिन माग गर्नुभयो । सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारले निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले अर्बौको इन्धन आयात गर्नुभन्दा स्वदेशकै ऊर्जा उपयोग गर्न माग गर्नुभयो । सांसद अर्जुनकुमार कार्कीले किमाथाङ्का नाकाको भर्खर ट्रयाक खोलिएकाले पूरा गर्न स्रोत सुनिश्चित गर्न माग गर्नुभयो । सांसद अर्जुननरसिंह केसीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद अशोककुमार चौधरीले स्थानीय तहले राजनीतिक भागबण्डाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गरेकाले त्यसो नगर्न माग गर्नुभयो ।

सांसद आकृति अवस्थीले डिजिटल बैङ्किङ प्रणालीलाई थप विश्वसनीय र सहज बनाउन माग गर्नुभयो । सांसद आर्यन राईले विदेशमा रोजगारी गर्न जानेका लागि सरकारले फ्रि टिकट फ्रि भिसा भने पनि कामदारले लाखौँ नतिरी विदेश जान नपाउने गरेकाले यसको छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गर्नुभयो । सांसद आशा झाले मोरङ सुगमको पनि दुर्गम ठाउँ बताउनुहुँदै ५ नं क्षेत्रको विद्युत् र टावरको समस्या समाधान गरिनुपर्नेमा जोड दिनुभयो । सांसद आशीष गजुरेलले गुन्द्रुक जसरी कोचिएर सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ? भन्नुहुँदै सार्वजनिक यातायातलाई आरामदायी र भरपर्दो बनाउन माग गर्नुभयो ।

सिन्धुली जिल्ला अस्पतालमा एक्स रे यन्त्र बिग्रिएकाले माग गरेको लामो समय भइसक्दा पनि प्राप्त नहुँदा बिरामी समस्यामा परेकाले छिटो व्यवस्था गर्न माग गर्नुभयो । सांसद आशिका तामाङले धादिङमा पर्ने राजमार्गमा धेरै समस्या आउने गरेकाले समाधान खोज्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभयो । विद्युतीय सवारीमा चार्ज सकिएर सवारी अलपत्र हुने गरेकाले पर्याप्त मात्रामा चार्जिङ स्टेसनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद इन्दिरा रानामगरले झापा अर्जुनधारा क्षेत्रको ११ बिघा जग्गाको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद यशोदाकुमारी बरालले वैदेशिक रोजगारीमा गई समस्या परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन माग गर्नुभयो । सांसद अङ्किता ठाकुरले छिन्नमस्ता भगवती मन्दिरमा पूर्वाधार विकास गरी पर्यटकको वृद्धि गरिनुपर्ने बताउनुभयो । राजबिराज शहरको विकासमा ध्यान दिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कबिन्द्र बुर्लाकोटीले गोरखाका धेरै पालिकामा सामान्य हावा चलेका बेलामा पनि झ्याप झ्याप बत्ती जाने गरेकाले पोल र तार फेर्न माग गर्नुभयो ।

सांसद कालीबहादुर सहकारीले सरकारले प्रतिपक्षका कुरा नसुन्ने, आफुखुसी काम गर्ने गर्दा समस्या आएकाले सरोकार भएकाको ध्यानाकर्षण गराउनुभयो । सांसद कुसुम महर्जनले बेरुजु बढ्दै जाँदा करको दुरुपयोग भएकाले यसमा संलग्नलाई कारबाही माग गर्नुभएको थियो । सांसद कृपा महर्जनले काठमाडौँ उपत्यकाका सम्पदा क्षेत्रमा विदेशबाट आयातित सामानको बिक्री वितरण नहुने गरी नीति ल्याउन माग गर्नुभयो । सांसद कृपाराम रानाले व्यक्तिको हत्याका दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद केपी खनालले सुदूरपश्चिम प्रदेशको सेती लोकमार्ग लामो समयदेखि अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गर्नुभयो ।

सांसद कृष्णहरि बुढाथोकीले रामेछापमै अहिलेसम्म पनि टेलिफोनको समस्या भएको, खानेपानी अभाव रहेको, बाँदरको आतङ्क भएको, रासायनिक मललगायतका समस्या समाधान गर्न माग गर्नुभयो । सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिले मात्र ज्ञान मापन हु्न्छ भन्ने भ्रम पालिएको बताउनुहुँदै कक्षामा बसेर पनि सिकेको छैन भने कसरी मापन हुन्छ भन्दै गुणस्तरीय शिक्षालाई केन्द्रमा राख्न माग गर्नुभयो ।