३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनमन्त्री गौतमको पहलमा बनेका दुई प्रतिवेदन कार्यान्वयन चरणमा



अ+ अ-

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमको पहलमा तयार भएका दुई महत्वपूर्ण प्रतिवेदन कार्यान्वयन प्रक्रियामा अगाडि बढाइएका छन् । मन्त्रालयले यौनजन्य हिंसा तथा जघन्य कसूर नियन्त्रणदेखि विकास आयोजना सम्बन्धी मुद्दा व्यवस्थापन सुधारसम्मका विषयमा तयार गरिएका प्रतिवेदन कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाएको छ ।

मन्त्री गौतमले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णयअनुसार जबरजस्ती करणी, जबरजस्ती करणीपछि हुने हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य कसूरमा संलग्न दोषीलाई प्रभावकारी दण्ड सजाय सुनिश्चित गर्ने तथा पीडितलाई छिटो न्याय उपलब्ध गराउने उद्देश्यले अध्ययन कार्यदल गठन गरिएको थियो ।

कार्यदलले अपराध संहितासहित प्रचलित कानुनमा रहेका अवरोधहरूको विस्तृत अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गरेको थियो । सो प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

त्यसैगरी, अदालतमा दायर हुने मुद्दाका कारण पूर्वाधार निर्माण तथा विकास आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने, लागत वृद्धि हुने तथा राज्यको ठूलो धनराशी खर्च हुने अवस्थालाई ध्यानमा राख्दै विकास निर्माण सम्बन्धी मुद्दा व्यवस्थापन सुधारका लागि पनि उच्चस्तरीय कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले नीतिगत, कानुनी तथा संस्थागत सुधारका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । मन्त्रालयले सो प्रतिवेदन कार्यान्वयनमार्फत विकास आयोजनासम्बन्धी मुद्दाको शीघ्र टुंगो लगाउने तथा आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ ।