११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन व्यवसायी र न्यायलयबीच नियमित संवाद आवश्यक’



अ+ अ-

धनुषा। मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले न्यायिक क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन कानुन व्यवसायी र न्यायलयबीच नियमित संवाद आवश्यक रहेको बताउनुभएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित ‘बारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा सभामुख यादवले न्यायसम्पादनको कार्यलाई जनमुखी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले कानुन व्यवसायी, न्यायाधीश तथा सरकारी वकिलबीचको समन्वयले न्यायिक प्रणालीलाई थप सुदृढ बनाउने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारको संरक्षणमा सबैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

सभामुख यादवले मधेस प्रदेशमा न्यायिक पहुँच विस्तार, छिटोछरितो न्याय सम्पादन तथा पीडितमैत्री कानुनी सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले न्याय क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व अपरिहार्य रहेको धारणा राख्नुभयो ।

नेपाल बार एसोसिएसन जनकपुरधामको सभाहलमा आयोजित कार्यक्रममा कानुन व्यवसायी, न्यायिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा न्यायिक अभ्यासमा देखिएका समस्या, कानुनी जटिलता तथा सुधारका उपायबारे छलफल गरिएको थियो ।

कार्यक्रम मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधाम मधेस प्रदेशको आयोजनामा तथा नेपाल बार एसोसिएसन जनकपुरधामको सहआयोजनामा भएको हो । रासस