८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले जानीजानी संसदको उपेक्षा गर्नुभएको छः महामन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उहाँले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गर्नुभयो । प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उहाँले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको बताउनुभयो ।

उहाँले ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नको घेरामा पर्न थालेको भन्दै यसले नागरिकमा निराशा बढाउने र व्यवस्थाभित्र विकल्प छैन भन्ने खालको सोच विकास हुनसक्ने चेतावनी दिनुभयो ।

महामन्त्री पौडेलले सरकारले शक्तिको अत्यधिक केन्द्रीकरण गरेको आरोप पनि लगाउनुभयो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धानजस्ता निकाय प्रधानमन्त्री केन्द्रित बनाइएको उहाँको भनाइ थियो । संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा पनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाइएको भन्दै उहाँले यस्तो अभ्यास विश्वमै दुर्लभ रहेको दाबी गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताउनुभयो । सरकार असफल होस् भन्ने चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनै पनि प्रयासविरुद्ध प्रतिपक्ष चुप लागेर बस्न नसक्ने उहाँको भनाइ थियो ।

महामन्त्री पौडेलले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधानमन्त्रीमा हाबी भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा रहेको बताउनुभयो । समयमै सरकारलाई सीमाभित्र राख्न नसके लोकतान्त्रिक मूल्य र प्रणाली गम्भीर संकटमा पर्न सक्ने उहाँको चेतावनी थियो ।

उहाँले राज्यको चरित्र लोकतान्त्रिक नभए नागरिकले दुःख पाउने, विधिको शासन कमजोर हुने र राज्यले समान व्यवहार गर्न नसक्ने बताउँदै कांग्रेस लोकतान्त्रिक मूल्य, मान्यता र विधिको रक्षाका लागि पछि नहट्ने स्पष्ट पार्नुभयो ।




भर्खरै