५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि



अ+ अ-

काठमाडाैँ । सिरहामा यही जेठ ८ गतेदेखि चौथो संस्करणको ‘सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता-२०८३’ सञ्चालन हुने भएको छ । स्थानीय सलहेश युवा क्लबको आयोजना, सिरहा नगरपालिकाको मुख्य आर्थिक सहयोग र जिल्ला फुटबल सङ्घ सिरहाको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । आयोजकले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।

सिरहा नगरपालिका-३ मखनाहास्थित शंकर खेल मैदानमा हुने उद्घाटन खेलमा चात्या सा फुटबल क्लब झापा र गोलबजार युनाइटेड क्लब गोलबजारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ‘युवाको सम्मान, सलहेश नगरी सिरहाको पहिचान, फुटबल खेल हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका गरी आठ टोलीको सहभागिता रहने आयोजक सलहेश युवा क्लबका अध्यक्ष राजीव यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष केही नयाँ टोलीहरूलाई समेत समावेश गरिएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा आयोजक सलहेश युवा क्लब सिरहासहित रिफ्स काठमाडौं, पथरी-११ एफसी मोरङ, गाईघाट युनाइटेड उदयपुर, गोल्डेन स्टार युथ क्लब भलुवा सुनसरी र भारतको माँ कामाख्या स्पोट्र्स क्लब बक्सर (बिहार) ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते हुनेछ । आयोजकका अनुसार, प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु एक लाख ५० हजार, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सिरहा जिल्लाकै प्रतिष्ठित र ठूलो खेल उत्सवको रूपमा हेरिएको यस प्रतियोगितालाई मधेश प्रदेशमा फुटबल खेलको विकास, युवा प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमको रूपमा लिइएको छ ।