८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस व्यक्तिमुखी होइन, कार्यक्रममुखी बन्नुपर्छः संविधानविद् अधिकारी



अ+ अ-

काठमाडाैँ । संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्तलाई बिर्संदै गएको टिप्पणी गर्नुभएको छ ।

उहाँले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट कार्यक्रम र नीतिमा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिनुभएको हो । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी) को उदाहरण दिँदै अधिकारीले कुनैपनि राजनीतिक दल सफल हुनका लागि दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति (प्राग्मटिज्म) आवश्यक हुने बताउनु भयो ।

विपी कोईरालाको समयमा काँग्रेस एक असाधारण र उत्कृष्ट पार्टी रहेको स्मरण गर्दै अधिकारीले तत्कालीन समयमा सिमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद पनि नेताहरूमा उच्च राजनीतिक प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । विपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म अहिले हराउँदै गएको उहाँको तर्क छ ।

पार्टी व्यक्ति विशेषको इच्छामा नभई तय गरिएका नीति र कार्यक्रमका आधारमा चल्नुपर्ने,राष्ट्रिय स्तरमा लोकतन्त्रको वकालत गर्नुअघि दलभित्रै लोकतान्त्रिक अभ्यास र अनुशासन मजबुत हुनुपर्ने, दोस्रो र तेस्रो पुस्ताका नेताहरूलाई नेतृत्वका लागि तयार पार्नुपर्छ र नेतृत्वमा पुग्ने प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने उहाँको सुझाव छ ।

विश्वका अन्य लोकतान्त्रिक पार्टीहरूको चर्चा गर्दै उहाँले न्युजिल्याण्डको लेबर पार्टी, स्विडेनको सोसल डेमोक्रेटिक पार्टी र जर्मनीका विभिन्न राजनीतिक दलहरूले गठबन्धन संस्कृतिमा रहेर पनि कसरी आफ्नो मूल्यमान्यता र अनुशासन कायम राखेका छन् भन्नेबारे सिक्नुपर्ने बताउनु भयो ।

संविधानविद् अधिकारीले काँग्रेसभित्रको लोकतन्त्र र नेतृत्व हस्तान्तरणको विषयमा पनि प्रश्न उठाउनुभएको छ । सत्ता केन्द्रित राजनीतिका कारण पार्टीका मूल्यमान्यताहरू कमजोर बन्दै गएको भन्दै अधिकारीले चुनावी हार वा पराजयलाई पनि लोकतान्त्रिक वैधताको हिस्साका रूपमा स्वीकारेर गल्तीहरू सुधार्नुपर्ने सुझाव दिनुभयो ।