३१ श्रावण २०८३, आईतवार
,
Latest
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना



अ+ अ-

काठमाडाैँ । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आम नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताहरूमा हराउँदै गएको पठन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । सदरमुकाम कुश्माबजारको मैत्रीचोकमा रहेको नेकपा (एमाले) पर्वतको आफ्नै कार्यालयमा पुस्तकालय स्थापना गरिएको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

पुस्तकालयमा राजनीति, कानुन, अर्थशास्त्र, इतिहास, धर्म संस्कृति, विज्ञान, कला, प्रकृति, विचार, उपन्यास, सामान्य ज्ञान, विभिन्न अभिलेख तथा कृतिलगायत नेपाली साहित्यका सबै विधाका पुस्तकहरू राखिएको छ । पुस्तकालयमा झन्डै तीन हजार पुस्तक राखिएको र थप सङ्कलनको कार्य भइरहेको एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । यसलाई जिल्लाकै साझा पुस्तकालयका रूपमा विकास गरिने पहाडीको भनाइ छ ।

पुस्तकालयमा पहिलो चरणमा १५ हजारभन्दा बढी पुस्तकहरू राखिने भएको छ । यहाँ फलेवासको मोति पुस्तकालय निरन्तर सञ्चालनमा रहेको छ । यो नेपालकै नमूना पुस्तकालयका रूपमा पुरस्कृत भइसकेको छभने छिमेकी जिल्ला बागलुङमा पनि विद्यामन्दिर पुस्तकालय लामो समयदेखि सञ्चालनमा रहेको छ । अन्य पुस्तकालयहरू भने बन्द भइसकेका छन् ।