२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको ब्ल्याक सी तटीय शहरमा ड्रोन दुर्घटना



अ+ अ-

काठमाडौँ। टर्कीको ब्ल्याक सीस्थित तटीय शहर सामसुनमा शनिवार एउटा ड्रोन दुर्घटनाग्रस्त भएको छ ।

टर्कीको समाचारपत्र सोजकुकाअनुसार उक्त दुर्घटनामा दुईवटा भवनमा भौतिक क्षति पुगेको छ भने कुनै मानवीय क्षति भएको छैन ।

सामसुनको इल्कादिम जिल्लास्थित काजिम कराबेकिर टोलमा उक्त घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी, दमकल र स्वास्थ्य टोलीहरू घटनास्थलमा परिचालन गरिएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट दुर्घटनाग्रस्त वस्तु करिव एक मिटर लामो पखेटा र पुच्छर भएको मानवरहित विमान (यूएभी) रहेको पहिचान भएको छ ।

उक्त ड्रोन कसले र कुन उद्देश्यका लागि सञ्चालन गरेको हो भन्नेबारे प्रहरीले उच्च शतर्कताका साथ अनुसन्धान अघि बढाएको छ ।

रुस–युक्रेन द्वन्द्वका कारण सिर्जित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै टर्कीले पछिल्लो समय ब्ल्याक सी क्षेत्रमा आफ्नो ड्रोन निगरानी र रक्षा प्रणालीलाई सुदृढ बनाएको छ ।

टर्कीको सेनाले यस क्षेत्रमा हवाई र सामुन्द्रिक गस्तीलाई तिब्र बनाउँदै कृष्ण सागरबाट आउने अनधिकृत ड्रोनहरूमाथि कडा निगरानी राख्दै आएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल