३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विष्णुको बुझाई: जवजलाई ठिक ढंगले आत्मसात र सही ढंगले प्रयोग गर्न सकेनौ

विष्णुको बुझाई: जवजलाई ठिक ढंगले आत्मसात र सही ढंगले प्रयोग गर्न सकेनौ
अ+ अ-

काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनताको वहुदलीय जनवादलाई ठिक ढंगले आत्मसात गर्न र सही ढंगले प्रयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको जनाउनु भएको छ ।

मदन–आश्रित स्मृती दिवस सन्र्दभमा आफनो दृष्टिकोण राख्दै उपाध्यक्ष पौडेलले सच्चायीलाई स्वीकार्न ढिलो भैसकेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

आज जेठ ३ गते, मदन–आश्रित स्मृती दिवस । जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कूशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।

नेकपा (माले)द्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशनले वहुदलीय प्रजातन्त्रिक शासन प्रणाली अवलम्बन गर्ने निर्णय गर्‍यो । नेकपा (एमाले)द्वारा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशनले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि जनताको वहुदलीय जनवादको कार्यक्रम अघि सार्‍यो । छैटौं राष्ट्रिय महाधिवेशन यता हामीले जनताको वहुदलीय जनवादलाई लोकतान्त्रिक विधिबाट नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने सिद्धान्त, मार्गदर्शक सिद्धान्तका मान्दै आएका छौं ।

जनताको वहुदलीय जनवाद राज्यसत्ता संगठित र संचालन गर्ने लोकतान्त्रिक प्रणाली त हुँदै हो, यो लोकतान्त्रिक विधिकासाथ पार्टी निर्माण र सञ्चालनको सिद्धान्त पनि हो ।

२०४६ यता नेपाली कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको सफलताको पृष्ठभूमीमा जनताको वहुदलीय जनवादको मार्गदर्शन र निर्णायक योगदान छ ।
तर यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ ।

हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको वहुदलीय जनवादबाट ठिक ढंगले निर्देशित हुन सक्यौं वा सकेनौं भनेर वस्तुनिष्ट समीक्षा गर्न विलम्ब भैसकेको छ । जनताको वहुदलीय जनवादलाई ठिक ढंगले आत्मसात गर्न र सही ढंगले प्रयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो भन्ने सच्चायीलाई स्वीकार्नु ढिलो भैसकेको छ ।

तसर्थ, आफ्ना तर्फबाट भएका भूल–त्रुटी र गल्ति–कमाजोरीहरु स्वीकार गर्दै जनता समक्ष आत्मालोचक भएर प्रस्तुत हुन, जनताको वहुदलीय जनवादको मर्मलाई ठिक ढंगले आत्मसात गर्दै गुमेको जनताको विश्वास पुन: प्राप्त गर्न र नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुन:स्थापित गर्न दृढ संकल्प गरौं, यही नै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।