७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्छ: माधव नेपाल



अ+ अ-

भक्तपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो बेरोजगारी अन्त्य भएको बताएका छन् । शुक्रबार बिहान भक्तपुरको सरस्वती खेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले बेरोजगारी अन्त्यका लागि आर्थिक विकासमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अब सिंगो राष्ट्रको ध्यान आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताएका थिए । उनले नेपालले भावी पुस्तालाई समृद्ध र विकसित नेपाल हस्तान्तरण गर्नुपर्ने बताए । साथे उनले भक्तपुर क्षेत्रनम्बर १ (क) मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार डीपी ढकाललाई विजयी गराउन पनि अपिल गरेका थिए।

यता चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य एवम् सांसद महेश बस्नेतले ढकालको जित सुनिश्चित भैसकेको दावी गरे । सभामा नेकपा उम्मेदवार ढकालले आफ्ना चुनावी प्रतिवद्धता राखेका थिए ।