३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरद्वारा एक हजार ४६६ शिक्षकलाई तालिम



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ ।

महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ र संस्थागततर्फ ११६ जना रहेका छन् ।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कनसम्बन्धी तालिममा ४६० जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचानसम्बन्धी तालिममा ८३ शिक्षक सहभागी हुनुभएको थियो ।

शिक्षकको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको महानगरका शिक्षा अधिकारी ढकालले बताउनुभयो । रासस




भर्खरै