११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्मा साङ्केतिक भाषा : बहिरा महासङ्घद्वारा खुसी व्यक्त



अ+ अ-

काठमाडौँ। राष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा समुदायको सूचना तथा सञ्चारमा थप पहुँच एवं समावेशीकरण थप सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी नेपालको प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू प्रत्यक्ष प्रसारणमा यही वैशाख २८ गतेदेखि नेपाली साङ्केतिक भाषाको दोभाषेको व्यवस्था गरिएकोप्रति खुसी एवं गौरव व्यक्त गर्दै सो विषयको आह्वान गरेको हो ।

संसद्का बैठक एवं गतिविधिहरू सम्बन्धमा बहिरा समुदायलाई सुषुचित गर्नका लागि सङ्घीय संसद्का बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको दोभाषेको व्यवस्था गर्न राष्ट्रिय बहिरा महासङ्घ नेपालले लामो समयदेखि पहलकदमी गर्दै आएको थियो । महासङ्घका अध्यक्ष सन्तोष केसीले भन्नुभयो, “संसद् बैठकको प्रत्यक्ष प्रसारणमा दोभाषेको व्यवस्था गर्ने प्रयासले मूर्तरूप लिएको सुखद् उपलक्षमा महासङ्घ सम्पूर्ण बहिरा समुदायमा हार्दिक बधाई ज्ञापन गर्दछ ।”

संसद् बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको दोभाषेको व्यवस्थाबाट संसद्मा भएका नीति तथा कार्यक्रम, बजेट, कानुन निर्माण, राष्ट्रिय महत्त्व एवं समसामयिक छलफललगायत विभिन्न संसदीय गतिविधिहरूप्रति बहिरा समुदायको पहुँच अभिवृद्धि हुने, प्रत्यक्ष सुषुचित एवं लाभान्वित हुने विश्वास महासङ्घले लिएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि २००९, नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ मा बहिरा समुदायको सूचना तथा सञ्चारमा पहुँच सुनिश्चित गर्ने स्पष्ट व्यवस्था गरिएका छन् ।

सङ्घीय संसद्का बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको दोभाषेको व्यवस्था गर्नेसम्बन्धी राष्ट्रिय बहिरा महासङ्घ नेपालको माग उत्सुकतापूर्वक मनन गरेर तत्काल दोभाषेको व्यवस्थापन गर्नमा आफैँ सक्रियतापूर्वक सरिक हुनु भइ बहिरा समुदायको सूचनाको हकको कार्यान्वयनका तदारुकताका देखाउनु भएकामा प्रतिनिधिसभाका सभामुखप्रति महासङ्घ एवं सिङ्गो बहिरा समुदाय हृदयदेखि नै धन्यवाद ज्ञापन गरिएको छ ।  रासस