७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस नेता रिजालले गरे यस्तो अपिल ! के पुरा होला त मिसन ?



अ+ अ-

कास्की । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न काङ्ग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, ‘‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, काङ्ग्रेस सत्तामा पनि पुग्दैन तर काङ्ग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव काङ्ग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

कास्की काङ्ग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा काङ्ग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी गराउनुभयो ।