२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई आधुनिक कृषि उपकरणको प्रयोगले सहजता



अ+ अ-

दाङ । पछिल्लो समयमा खेतीका लागि कृषि उपकरणको प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ । जिल्लामा पछिल्लो समय आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज भएको छ । खेती लगाउनेदेखि स्याहार्नसमेत विभिन्न कृषि उपकरणको प्रयोग बढ्दै गएको छ ।

किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्र्याक्टर प्रयोग गर्न थालेका छन् । गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको किसान युवराज वलीले बताउनुभयो । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने उहाँको भनाइ छ । कृषि उपकरणले गर्दा समयमै खेतीपाती ढल्याउन सहज भएको अर्का किसान मनसरी केसीले बताउनुभयो ।

“पहिले–पहिले सात/आठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्यो तर आजभोलि दुई/तीन दिनमै खेती ढल्याउने भएको छ,” उहाँले भन्नुभयो । तुलसीपुर–१० की कमला केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि यस वर्ष भने ट्र्याक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताउनुभयो । गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव भएका समयमा कृषि उपकरण आएपछि धेरै सजिलो भएको उहाँको भनाइ छ ।

उपकरण र यन्त्रको प्रयोगले कृषि कार्यमा श्रम, समय र पैसा बचत हुने किसान बताउँछन् । “एक दिनको गोरु र मानिसले रु ८०० देखि एक हजार लिने गर्छन् तर ट्र्याक्टरले भने कम लिन्छ”, अर्का किसान निर्मल वलीले भन्नुभयो । थ्रेसर मेसिनले धान दाउँदा प्रतिघण्टा रु दुई हजार र जोत्दा प्रतिघण्टा रु ८०० लिने गरेका उहाँको भनाइ छ ।

कृषि प्राविधिक यमप्रसाद पाण्डेले जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको बताउनुभयो । “पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ, सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन्”, उहाँले भन्नुभयो । जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्र्याक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन् । किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनसक्नु भएको थ्रेसर चालक विमल चौधरीले बताउनुभयो ।