११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३-०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूको अवरोधका बीच उक्त नीति तथा कार्यक्रम पारित भएको हो । सभामुख डोलप्रसाद अर्यालले सदनको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रश्तुत गर्नुभएको थियो ।

सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनसँगै सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेका थिए ।

प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेर बाहिरिएका थिए । अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले बेल घेराउ र उभिएर विरोध प्रदर्शन जारी राखेका थिए ।

काँग्रेसको अवरोध र अन्य दलको बहिष्कारका बीच सभामुख अर्यालले सदनको कारबाही अगाडि बढाउँदै बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित गराउनुभएको हो ।

सरकारले प्रश्तुत गरेको यस नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका प्राथमिकता र कार्ययोजनाहरू समेटिएका छन् । सदनबाट पारित भएसँगै अब सरकारलाई बजेट निर्माण र कार्यान्वयनको मार्ग प्रशस्त भएको छ । –न्युज एजेन्सी नेपाल