२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री अनुपस्थित भएपछि चार दलद्वारा संसद बहिष्कार, काँग्रेसको विरोध जारी



अ+ अ-

काठमाडौँ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभएको विरोधमा चार राजनीतिक दलले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् ।

बैठक बहिष्कार गर्नेहरूमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको सम्बोधन प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग ती दलहरूले राख्दै आएका थिए ।

प्रधानमन्त्री साह जवाफका लागि संसदमा उपस्थित नभएपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरू सदनबाट बाहिरिएका हुन् । चार दलले बैठक बहिष्कार गरेर बाहिरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सदनभित्रै उभिएर विरोध प्रदर्शन जारी राखेको छ । नेपाली काँग्रेसका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको बताउँदै आएको थियो ।

यसअघि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले नै संसदमा उभिएर स्पष्टीकरण दिनुपर्ने अडान राख्दै आएका थिए ।

प्रधानमन्त्रीको अनुपस्थितिले संसदको गरिमा र उत्तरदायित्वमाथि प्रश्न उठेको भन्दै विपक्षी दलहरूले सदनको कामकारबाहीमा असहमति जनाएका हुन् ।–न्युज एजेन्सी नेपाल