१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

डोटीमा डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

डोटीमा डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु
अ अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो ।

आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएपछि बिरामीको रोगका बारेमा सहजै पत्ता लगाउन सकिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा भुषण मिश्रले बताए। अस्पतालमा आधुनिक डिजिटल एक्सरे मेसिनले सेवा दिन थालेपछि बिरामीको चाप पनि बढ्न थालेको छ । अस्पतालमा डिजिटल एक्सरे मेसिन आएपछि अहिले स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए ।

जिल्ला अस्पताल डोटीमा एकपछि अर्को सेवा थपिदै आए पनि अस्पतालमा सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा भने बिरामीलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । चार जना मात्र सरकारी चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो रेफरल अस्पताल नभएकाले सरकारले तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा गिरीश अवस्थीले बताए । उनले भने, “संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन, स्वीकृति दिँदा राम्रो हुनेछ ।” उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज सिफारिश गर्नुपर्ने अवस्था छ ।