१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु



अ+ अ-

डोटी । जिल्ला अस्पताल डोटीमा आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा सादा खालको एक्सरे मेसिनबाट सेवा प्रवाह भइरहेका बेला यहाँको जिल्ला अस्पतालमा भने पहिलोपटक आधुनिक डिजिटल एक्सरे मेसिनबाट बिरामीलाई सेवा दिन शुरु गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेसिन डोटी अस्पतालमा पठाएपछि अहिले सेवा दिन शुरु गरिएको हो ।

आधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा दिन थालिएपछि बिरामीको रोगका बारेमा सहजै पत्ता लगाउन सकिएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा भुषण मिश्रले बताए। अस्पतालमा आधुनिक डिजिटल एक्सरे मेसिनले सेवा दिन थालेपछि बिरामीको चाप पनि बढ्न थालेको छ । अस्पतालमा डिजिटल एक्सरे मेसिन आएपछि अहिले स्थानीयवासी निकै खुशी भएको त्रिवेणी एफएमका स्टेशन मेनेजर कर्ण चन्दले बताए ।

जिल्ला अस्पताल डोटीमा एकपछि अर्को सेवा थपिदै आए पनि अस्पतालमा सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा भने बिरामीलाई समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । चार जना मात्र सरकारी चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो रेफरल अस्पताल नभएकाले सरकारले तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा गिरीश अवस्थीले बताए । उनले भने, “संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन, स्वीकृति दिँदा राम्रो हुनेछ ।” उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज सिफारिश गर्नुपर्ने अवस्था छ ।