११ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १० अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव शून्य सात अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सिमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सिमित भएको हो । आज तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छ सय १९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन् ।

आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन-८० का लगानीकर्ताले कमाएका छन् । त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, सज लाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।