३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सीईओ पाण्डे पक्राउप्रति वित्तीय क्षेत्रको आपत्ति, ‘सुन अनि थुन’ सिद्धान्तअनुसार अनुसन्धान गर्न आग्रह

सीईओ पाण्डे पक्राउप्रति वित्तीय क्षेत्रको आपत्ति, ‘सुन अनि थुन’ सिद्धान्तअनुसार अनुसन्धान गर्न आग्रह
अ+ अ-
काठमाडाैँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको विषयप्रति बैंक तथा वित्तीय क्षेत्रका संघ–संस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।

 विज्ञप्तिअनुसार पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भ सार्वजनिक भएपछि वित्तीय क्षेत्रका विभिन्न संघहरूले संयुक्त धारणा सार्वजनिक गर्दै बैंकिङ प्रणालीको स्थायित्व, साख र सार्वजनिक विश्वासमा असर पर्न सक्ने विषयमा चिन्ता व्यक्त गरेका हुन्।

वित्तीय संस्थाहरू बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा निर्देशनको अधीनमा रही सञ्चालन हुने उल्लेख गर्दै विज्ञप्तिमा उनीहरूले निक्षेप संकलन, कर्जा प्रवाह, आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा उद्यमशीलता विकासमा बैंकिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्मरण गराएका छन्।

संघहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ अनुसार कर्जा असुली प्रक्रियाका लागि विशेष अधिकार बैंकहरूलाई दिइएको र यो कार्य संस्थागत प्रक्रियाभित्रकै नियमित जिम्मेवारी भएको पनि स्पष्ट पारेका छन्।

यस्तो संवेदनशील जिम्मेवारी निर्वाह गर्ने क्रममा भएको घटनाले बैंकको साखमा असर पर्न सक्ने तथा संस्थागत स्थायित्वमा नकारात्मक प्रभाव पर्न सक्ने उनीहरूको भनाइ छ।

त्यसैले, बैंकको प्रतिष्ठा र सीईओ जस्तो जिम्मेवार पदको गरिमालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रिया अघि बढाउँदा “सुन अनि थुन” (पहिला सुनुवाइ र त्यसपछि थुनछेक) सिद्धान्तलाई अपनाउन संघहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्। आवश्यक अनुसन्धान भए पनि पाण्डेलाई थुनामै नराखी अनुसन्धान अघि बढाउनुपर्ने उनीहरूको अपिल छ।