९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेठमा अधिकांश वाणिज्य बैंकले स्थिर राखे मुद्दती निक्षेपको ब्याजदर



अ+ अ-

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर वैशाखकै स्तरमा कायम राखेका छन् । केही बैंकले ब्याजदर घटाउँदा एउटा बैंकले भने वृद्धि गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ १२ वटा वाणिज्य बैंकले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सिद्धार्थ बैंकले ब्याजदर बढाएको छ । यस्तै, ७ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर घटाएका छन् ।

जेठ महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ४.३४३ प्रतिशत कायम भएको छ । वैशाख महिनामा यस्तो औसत ब्याजदर ४.४ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.०५ प्रतिशत ब्याजदर निर्धारण गर्दै वृद्धि गरेको हो ।

ब्याजदर यथावत् राख्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत, सानिमा बैंकले ४.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, नेपाल एसबिआई बैंकले ४.२५ प्रतिशत, कृषि विकास बैंकले ४.१५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत तथा एभरेष्ट बैंकले ४.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यसैगरी, ब्याजदर घटाउने बैंकहरूमा एनएमबी बैंकले ४.८ प्रतिशत, एनआईसी एशिया बैंकले ४.५ प्रतिशत, हिमालयन बैंकले ४.२५ प्रतिशत, नेपाल बैंकले ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ४.१ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।