११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला



अ+ अ-

नुवाकोट। नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाईको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाई ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो ।

एक व्यक्तिले गएराती प्रहरीलाई फोनमार्फत उक्त अपराध आफूले गरेको भन्दै घटनास्थलसम्बन्धी दिएको जानकारीका आधारमा खोजतलास गर्दा उनीहरुको हत्या गरेर खोलामा ढुङ्गाले थिचेर लुकाएको अवस्थामा शव भेटिएको हो । “आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भन्नुभयो, “अहिले ती व्यक्तिको खोजी भइरहेको छ । उनी पक्राउ परेपछि विस्तृतमा खुल्नेछ ।”

आफूले हत्या गरेको स्वीकारसहित घटनास्थलको जानकारी दिने व्यक्तिले गोली प्रहार गरेर ज्यान लिएको उल्लेख गरेपनि घटनास्थलबाट प्रहरीले एकथान खुकुरी बरामद गरेको छ । परिवारका सदस्यका अनुसार हत्या गरिएका दाजुभाई मङ्गलबार बिहान कुलो निर्माण गर्न जाने भनेर हिँडेदेखि सम्पर्कविहीन भएका थिए ।

घटनास्थल सडकदेखि करीब पाँचघण्टा पैदल दुरीमा छ । शव परीक्षणका लागि आज साँझ घटनास्थलदेखि त्रिशूली अस्पतालतर्फ ल्याउन लागिएको प्रहरीले जनाएको छ ।  रासस