११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ



अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ २३÷२४ को जेनजी आन्दोलनमा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–७ का ३८ वर्षीय दीपक श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वादी नेपाल सरकार प्रतिवादी निज श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ असोज १० गतेको आदेशले धरौटी माग भएकामा धरौटी रकम दाखिला गर्न नसकी पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, जगन्ननाथदेवल पठाइएकामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका थिए ।”

पक्राउ परेका निज श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा, प्रहरी वृत्त कालीमाटी, प्रहरीवृत्त बानेश्वरमा बैंकिङ कसुरमा मुद्दा दर्ता भई जम्मा बिगो एक करोड २६ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी आज केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो । रासस