१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

प्रतिनिधि सभाको बैठक स्थगित, नीति तथा कार्यक्रममाथिको छलफल वैशाख ३१ मा हुने

प्रतिनिधि सभाको बैठक स्थगित, नीति तथा कार्यक्रममाथिको छलफल वैशाख ३१ मा हुने
अ अ+ अ-

काठमाडौँ। प्रतिपक्ष दलहरुले नीति तथा कार्यक्रममाथिको जवाफका लागि प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै संसद अवरुद्ध गरेपछि प्रतिनिधि सभाको बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा कार्यसूचीमा रहेका केही कार्यक्रमहरू हटाउँदै सदनको आगामी बैठक र छलफलको कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

सभामुख अर्यालले कार्यसूचीको क्रम सङ्ख्या २ देखि ५ सम्मका सम्पूर्ण कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराउनु भयो ।

राष्ट्रपतिद्वारा प्रश्तुत आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रश्तुत गर्न, उक्त प्रश्तावमाथि छलफल गर्न र प्रधानमन्त्रीले जवाफ दिनका लागि आगामी वैशाख ३१ गतेको समय निर्धारण गरिएको छ ।

सभामुख अर्यालका अनुसार प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३८ को उपनियम (१) बमोजिम २०८३ साल वैशाख ३१ गतेका लागि सो कार्यतालिका तय गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख ३१ गते बिहीवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । –न्युज एजेन्सी नेपाल