८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सभापति थापालक्षित प्रकाशमानको टिप्पणी– ‘नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइन्नँ’



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै पार्टी नेतृत्वमा पुग्न हतार गर्ने नाममा विधि र विधान उल्लङ्घन गर्न नहुने बताएका छन् ।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको आन्तरिक प्रक्रियालाई कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन् । उनले पार्टीको १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए ।

नेता सिंहले नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतन्त्र र जनअधिकारका लागि अग्रणी भूमिका खेल्दै आएको उल्लेख गर्दै सो उपलब्धि र योगदानलाई बिर्सन नहुने धारणा राखे । उनले पार्टीभित्र निर्णय प्रक्रिया विधान र स्थापित विधिअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनका अनुसार पार्टीभित्रको छलफल र बहस लोकतान्त्रिक अभ्यास भए पनि नियमभन्दा बाहिर गएर कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने स्पष्ट संकेत दिए । उनले पार्टीलाई कमजोर बनाउने कुनै पनि कदमप्रति नेतृत्व र अग्रजहरू चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।

सिंहले सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध गर्दै नियमित महाधिवेशनमार्फत पार्टीलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।