२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध सुकुम्बासी संघले बिहीवार चक्काजाम गर्ने



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ ।

संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्बासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाउनुभयो ।

सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उहाँले उक्त कुराको निन्दा गर्नुभयो । उहाँले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताउनु भयो । उहाँले यही संघले यही वैशाख ११ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै वैशाख ३१ गतेदेखि थप संघर्षका कार्यक्रम सञ्चालन गरिने बताउनुभयाे ।

उहाँले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि आग्रह पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमाथि अध्यादेशमार्फत शासन चलाउन खोजेको, नेपाली सेनालाई विवादमा तान्ने प्रयास गरेको तथा राष्ट्रपति र संसदको गरिमा कमजोर पार्ने काम भइरहेको आरोप पनि लगाउनु भयो । उहाँले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अभ्यास गर्ने भनेको प्रत्याह्वानमार्फत प्रधानमन्त्री एवं रास्वपा संसदीय दलको नेताबाट शाहलाई फिर्ता बोलाउन माग समेत गर्नुभयो ।