२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तुको आक्रमणमा परेकाहरूले मुलुकमा सरकार नै नभएको जस्तो अनुभुति गरिरहेका छन्ः इन्दिरा रानामगर



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापालगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताउनु भयो । सांसद रानाले वनपालेको समेत अभाव हुँदा जंगले छेउमा बस्ने नागरिकहरु जंगली जनावरको आक्रमण गर्ने गरेकाले त्यस्ता अवस्था नआउने गरी सरकारले उचित व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,”झापा अर्जुनधारा वडा नम्बर २ मा दिनेश पराजुलीलाई जंगली हात्तीको आक्रमणबाट गम्भिर घाइते भई अस्पतालमा भर्ना भएको म जानकारी गराउन चाहन्छु । झापा मात्रै होइन, तराइका विभिन्न भेगहरुमा हात्ती आक्रमणका कारण मानिसहरु आतंकित भईराखेका छन । यसलाई तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर सामान चिजहरु लाईटका कुराहरु, माईकिङका कुराहरु पनि व्यवस्था नभएका र पालेहरु पनि थोरै भएको कारणले गर्दा एउटा सरकार नै नभएको अनुभूति भईराखेको छ जंगलको छेउमा बस्ने हाम्रा जनताहरुलाई । यसको पनि म ध्यानाकर्षण गरााउन चाहन्छु ।”

त्यस अवसरमा उहाँले हालै झापा अर्जुनधाराका दिनेश पराजुली जंगली हात्तिको आक्रमणमा परी गम्भिर घाइते भएको जानकारी गराउँदै उहाँको उपचारको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।