१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने



अ+ अ-

काठमाडौंः श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले तीन करोड ३३ लाख रुपैयाँ बराबर तीन लाख ३७ हजार २५ कित्ता शेयर निष्काशन गर्ने भएको जनाएको छ ।

शेयर निष्काशनका लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।

शेयर निष्कासनका लागि संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।