३१ श्रावण २०८३, आईतवार
,
Latest
कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी जस्तै भयो : ज्ञानबहादुर शाही



अ+ अ-
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर मानवीयतामाथि प्रहार गरेको आरोप लगाउनुभएको छ।

मंगलवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता शाहीले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले अमानवीय व्यवहार गरेको बताउनुभयो। उहाँले “यो सरकार हो कि आतंकवादी हो ?” भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो।

उहाँले अवैध संरचना हटाउने काम आवश्यक भए पनि गरिब र असहाय नागरिकमाथि डोजर चलाएर समस्या समाधान नहुने धारणा राख्नुभयो। “मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन,” उहाँले भन्नुभयो, “सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासी मानसिकतामाथि प्रहार गर्नुपर्छ।”

नेता शाहीले सत्ता र शक्तिको आडमा बसेकाहरूका अवैध संरचनामाथि कारबाही नगरी कमजोर र गरिब नागरिकलाई मात्रै निशाना बनाइएको आरोप पनि लगाउनुभयो। सुकुम्बासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै उहाँले नागरिकको जीवन सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।

उहाँले सरकारलाई मानवीय संवेदनशीलता अपनाएर समस्या समाधान गर्न आग्रह गर्दै गरिब नागरिकमाथि अन्यायपूर्ण व्यवहार नगर्न चेतावनी दिनुभयो।




भर्खरै