३१ श्रावण २०८३, आईतवार
,
Latest
पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग रास्वपा दलहरुमा पुराना नेता रहि रहुन् भन्ने चाहन्छ, काँग्रेससम्बन्धी विवाद सर्वोच्चले उल्ट्याउन सक्छः कार्यवाहक अध्यक्ष… वामपन्थी शक्तिहरु मुलुकको पूर्वाधार विकासमा मात्र केन्द्रित हुँदा वर्ग र समुदायबाट टाढिँदै गएः महासचिव पोखरेल राजनीतिक स्वार्थ पूरा गर्न बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति बढ्यो : गगन थापा मुलुक ‘लफङ्गा’हरुबाट शासित हुँदैछ भन्नेकुरा पुष्टि हुँदैछः घनश्याम भुसाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको शून्य समयमा आफ्ना धारण राख्नुहुने सांसदहरूले वर्षायाम सुरु भएकाले बाढीपहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीनालाले घेरिएको हुनाले हरेक वर्ष सदरमुकाम डुबान भएर करोडौँ क्षति गरेकाले त्यसलाई समयमै रोकथामका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राधिका रम्तेलले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या र सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै राज्यले कमजोर र दलितपीडित नागरिकलाई सुरक्षा नदिएको बताउनुभयो । सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं २ मा कमला नदीको कटान र डुबानबाट पीडित हुँदै आएको, शिक्षा र स्वास्थ्यको कमी भएकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रिगला यादवले सरकारले तयारीबिना सुकुम्बासी बस्ती उठाउने काम गरेकाप्रति ध्यानाकर्षण गराउँदै सुकुम्बासीलाई उचित बासको ग्यारेन्टी गर्न माग गर्नुुभयो । सांसद रिमा विश्वकर्माले सिन्धुलीले २२ वर्षीय श्रीकृष्ण विश्वकर्माको खुर्कोट इलाका प्रहरी हिरासतमा मृत्यु भएको घटनाको आज १८ दिन बितिसक्दा पनि न्याय नपाएको र यस्ता हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्या भन्न नमिल्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रुपेस रञ्जितले भक्तपुरले खोपः विश्वविद्यालयको निर्माण र वीर अस्पतालको निर्माणका प्रतीक्षामा बसेको र भक्तपुरमा मापदण्डविपरीत बनाएको इँटाभट्टाहरूलाई तत्काल बन्द गर्न उद्योग र वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद रुविना आचार्यले आगामी आर्थिक वर्षमा देशमा आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र वर्षायामका कारण बाढीपहिरो, डुबानका कारण हुने खतराबाट बचाउन पहिला नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद रेखाकुमारी यादवले सुकुम्बासीहरूको बिनातयारी बस्ती उठाउने भन्दापनि राज्यले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विदुषी राणाले सरकारले उद्योग, उत्पादनलाई प्राथमिकतामा राख्नका लागि ढुवानीको उचित व्यवस्थापन गर्न सडक मार्गको राम्रो व्यवस्थापन गर्नुपर्नेप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना गुरुङले पोखरास्थित फेवातालको संरक्षण गर्दै लालपुर्जा भएका व्यक्तिहरूलाई मुआब्जा दिन र वरपर वर्षौँदेखि माछा व्यवसाय गर्ने जलारी समुदायलाई उचित व्यवस्थापन गर्न माग गर्नुभयो ।




भर्खरै