१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नीति तथा कार्यक्रम कार्यान्वयनमा राप्रपाको चासोः छलफलको समय सङ्कुचित गरिएकोमा आपत्ति

नीति तथा कार्यक्रम कार्यान्वयनमा राप्रपाको चासोः छलफलको समय सङ्कुचित गरिएकोमा आपत्ति
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै छलफलका लागि उपलब्ध गराइएको समय पर्याप्त नभएको बताउनुभएको छ ।

सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले कार्यान्वयन पक्ष नै मुख्य चुनौती र महत्वपूर्ण विषय भएको औंल्याउनुभएको हो ।

प्रमुख सचेतक ओलीले नीति तथा कार्यक्रम सुन्दा सधैँ सकारात्मक र उत्कृष्ट लाग्ने भएपनि त्यसको सफल कार्यान्वयन नै वास्तविक उपलब्धि हुने धारणा व्यक्त गर्नुभयो ।

वर्तमान सरकारसँग दुई तिहाइ निकटको बहुमत रहेकाले यस पटक नीति तथा कार्यक्रमको कार्यान्वयन प्रभावकारी हुनेमा उनले आशा व्यक्त गर्नुभयो ।

यद्यपि, कार्यान्वयनको पक्ष कस्तो रहन्छ भन्ने विषयमा शङ्काको लाभ दिँदै नतिजा पर्खिनुको विकल्प नभएको उहाँको तर्क छ । संसदीय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै ओलीले नीति तथा कार्यक्रम प्रश्तुत भएकै दिन छलफल टुङ्ग्याएर पारित गर्ने तयारी गरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा नीति तथा कार्यक्रममाथि छलफलका लागि पाँच दिनसम्मको समय उपलब्ध गराइने प्रचलन थियो । नीति तथा कार्यक्रम सत्ता पक्ष र प्रतिपक्ष दुवैका लागि उत्तिकै महत्त्वपूर्ण विषय हो । तर छलफलको समय सङ्कुचित गरिँदा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका मुद्दा सदनमा सशक्त रूपमा राख्न पाउने अधिकार कुण्ठित भएको छ ।’

सांसदहरूले सदनमा राख्ने विचार र हुने बहसकै आधारमा आगामी योजनाहरू परिमार्जित र तय हुने उल्लेख गर्दै उहाँले पर्याप्त बहस बिना कार्यक्रम पारित गरिनु न्यायसङ्गत नहुने बताउनु भयो ।

ओलीले सभामुखमार्फत छलफलको समय बढाउन र पर्याप्त समय उपलब्ध गराउन निरन्तर ध्यानाकर्षण गराइरहेको समेत जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल