काठमाडाैँ । सरकारले सीमा नाकाहरुमा अनुहार पहिचान प्रणालीको व्यवस्था गर्ने भएको छ । सोमवार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रश्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरिएको हो ।
त्यसैगरी प्रणाली एकीकृत सीमा व्यवस्थापन सुचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार प्रणाली पनि स्थापना गरिने उहाँले बताउनु भयो । राष्ट्रपति पौडेलले ड्रोन तथा नाईट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिने बताउनु भयो ।
राष्ट्रपति पौडेलले सीमा क्षेत्र विकास कार्यक्रममार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाउने पनि बताउनु भयो ।











