२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा नियमावली मस्यौदा पेस



अ+ अ-

काठमाडाैैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, मस्यौदा पेस गरिएको छ । मस्यौदा समितिका संयोजक गणेश पराजुलीले प्रतिवेदन पेस गर्नुभएको हो ।

गत चैत २३ गतेको प्रतिनिधिसभाको बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । बैठकमा मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयको सूचना वाचन थरेर सुनाइएको थियो । यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यको मनोनयनसमेत गरिएको छ । यसैबीच, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदन भएको छ ।

योसँगै संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा सभाका विभिन्न समितिका सदस्यको नामावली हेरफेर गर्ने निर्णय अनुमोदन भएको छ । प्रतिनिधिसभाको अर्काे बैठक आजै ५ः०० बजे बस्नेछ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक भने आज अपराह्ज ४ः०० बजे बस्ने र उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।