७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा मतदाता भेट्दै पौडेल



अ+ अ-

कास्की । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले आज पोखरा महानगरपालिका–९ का मतदातालाई भेट्नुभएको छ ।

बिहानैदेखि नेता तथा कार्यकर्ताका साथ भोट माग्दै घरदैलोमा पुग्नुभएका पौडेलले पोखरा क्षेत्रमा देखिएका हरेक समस्याको समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । आफूले राजनीति थाल्दादेखि नै यहाँका हरेक सुखदुःखमा साथ दिँदै आएको बताउँदै उहाँले प्रतिनिधिसभा सदस्यका रूपमा सेवा गर्ने अवसर दिन रुख चिह्नमा मतदान गरिदिन आग्रह गर्नुभयो ।

काङ्ग्रेसले ११ वटै वडामा चुनाव प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिहेको र आज दिनभर पोखरा महानगरपालिका वडा नं ९ र १७ मा उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।