३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सहयोगमा कैलालीमा तीन करोड रुपैयाँ बढीको लगानीमा विद्यालय भवन बन्ने



अ+ अ-

काठमाडाैँ । भारत सरकारको सहयोगमा कैलालीमा तीन करोड रुपैयाँ बढीको लगानीमा विद्यालय भवन निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उप–महानगरपालिका–१२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको हो । विद्यालयको भवन निर्माणका लागि सोमवार एक कार्यक्रमकाबीच भारतीय राजदुतावास, काठमाडौंका प्रथम सचिव नारायण सिंहले शिलान्यास गरेका छन्।

भारत सरकारको करिव ३ करोड ६० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना धनगढी उपमहानगरपालिकामार्फत सञ्चालन हुनेछ । नयाँ विद्यालय भवनले विद्यार्थी तथा शिक्षकका लागि थप सुरक्षित र आधुनिक शैक्षिक वातावरण तयार गर्ने तथा दुई देशबीचको विकास साझेदारीलाई थप उचाईमा पु¥याउने विश्वास गरिएको छ ।

यस्ता परियोजनामार्फत नेपाल सरकारको विकास तथा समृद्धि अभियानलाई निरन्तर सहयोग गर्ने भारतीय राजदुतावासले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयरसहित स्थानीय सरोकारवालाहरूको सहभागीता थियो ।




भर्खरै