७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला नेतृत्व स्थापित गर्ने अवसर



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताउनुभएको छ । कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा पाण्डेले विद्या भट्टराई सशक्त नारी हस्ताक्षर भएको बताउनुभयो ।

नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । उम्मेदवार भट्टराईले पूर्वाधार विकास बिना समृद्धि सम्भव नहुने हुँदा आफूसँग थुप्रै योजना रहेकाले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह थियो । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्य, नेकपाका वडाध्यक्ष, पूर्वजनप्रतिनिधिसहित स्थानीयवासीको बाक्लो सहभागिता रहेको छ ।