३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न ट्याक्टर नियन्त्रणमा



अ+ अ-

काठमाडाैँ । स्याङ्जामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार भइरहेको सूचनाको आधारमा प्रहरीले कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट ट्याक्टरसहित नदिजन्य पदार्थ नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्राप्त सूचनापछि खटिएको टोलीले स्याङ्जाको पुतलीबजार नगरपालिका–०५ नयाँबजार क्षेत्रमा रसिद बिना गिट्टी तथा बालुवा मिक्स ओसारपसार गरिरहेको अवस्थामा ग.१ त. ६१७३ र ग.१ त. ६२२७ नम्बरका ट्याक्टर फेला पारेको थियो। दुवै ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, चापाकोट नगरपालिका–९ स्थित निर्दीमघाट क्षेत्र, कालीगण्डकी नदी किनारबाट लु.३ त. १९६० नम्बरको ट्याक्टरलाई बालुवा ओसारपसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ। उक्त ट्याक्टरलाई चापाकोट नगरपालिकाको कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीले वातावरणीय क्षति र प्राकृतिक स्रोतको दोहन बढाउने भएकाले यस्ता गतिविधिमा संलग्नमाथि कडा निगरानी र कारबाही जारी रहने जनाएको छ।

 




भर्खरै