२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण पुष्टि



अ+ अ-

काठमाडाैँ । हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।” “सावधानीका लागि दुवै यात्रु अहिले विमानको ‘बायोकन्टेनमेन्ट युनिट’मा यात्रा गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ।

स्पेनको क्यानरी टापुबाट उद्धार गरिएका अमेरिकी यात्रुहरूलाई ग्रामीण राज्य नेब्रास्काको विशेष केन्द्रमा लगिनेछ। सामान्य लक्षण देखिएका व्यक्तिलाई दोस्रो सेन्टरमा लगिनेछ ।

आगमन पछि ‘प्रत्येक व्यक्तिको क्लिनिकल मूल्याङ्कन हुनेछ र उनीहरूको अवस्थाको आधारमा उचित हेरचाह र सहयोग प्रदान गरिनेछ । अर्जेन्टिनाबाट छुटेको ‘एमभी होन्डियस’ जहाजमा हन्ता भाइरस सङ्क्रमित तीन यात्रुहरूको मृत्यु भएको थियो भने अन्य केही व्यक्तिमा दुर्लभ यस रोगको भाइरस फेला परेको थियो । यो सामान्यतया मुसाहरूबाट सर्ने भाइरस हो ।