२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्किस एयरलाइन्सको जहाज अबतरण गर्ने क्रममा आगो देखियो, केही समयका लागि उडान बन्द



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि उडान बन्द भएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो ।

“आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।”

उहाँका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिनुभयो ।

सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो पछि दमकल प्रयोग गरेर निभाइएको छ ।