११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय सचिवालय बैठक सम्पन्न, संगठन विस्तार र अधिवेशन तालिका स्वीकृत



रवि लामिछाने/ फाइल
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकले संगठन विस्तार, विभिन्न विभागमा मनोनयन तथा जिल्ला अधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीले २०८३ वैशाख २७ गते बसेको बैठकमार्फत वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशनको विशेष कार्यतालिका स्वीकृत गरेको जनाएको छ।

बैठकले समिति गठन नभएका वडाहरूमा २०८३ जेठ २ गते वडा भेला तथा वैशाख २० अगावै समिति गठन भएका वडाहरूमा जेठ ३ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ। त्यस्तै समिति गठन नभएका पालिकाहरूमा जेठ ९ गते पालिका भेला र वैशाख २५ अगावै समिति गठन भएका पालिकाहरूमा जेठ १० गते पालिका अधिवेशन आयोजना गरिने भएको छ।

यसैगरी, जेठ ३ अगाडि गठन भएका बाँकी वडाहरूको अधिवेशन जेठ १६ गते तथा जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिकाहरूको अधिवेशन जेठ १७ गते गर्ने निर्णय गरिएको छ। पार्टीले जिल्ला अधिवेशन भने जेठ २३ र २४ गते गर्ने जनाएको छ।

बैठकले विभिन्न तह र विभागबाट प्राप्त सिफारिसका आधारमा नयाँ जिम्मेवारीसमेत तोकेको छ। निर्णयअनुसार RAT समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) र उपप्रमुखमा पूर्व एपीएफ डिआइजी बिदुर खड्का मनोनित भएका छन्। स्टार्टअप विभाग प्रमुखमा डा. प्रभात अधिकारी तथा सचिवमा हरि जोशीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे, कर्णाली प्रदेश सहमन्त्रीमा राजबहादुर शाह र अविसरा सुवेदी, केन्द्रीय संगठन विभाग सदस्यमा गोपाल प्याकुरेल तथा कञ्चनपुर जिल्ला सभापतिमा पदम बिष्ट मनोनित गरिएको पार्टीले जनाएको छ।

बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति विघटन गर्ने तथा जिल्ला अधिवेशनको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।

साथै पार्टी हित विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेज गरिएको जनाइएको छ।

पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते बस्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ।