११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई प्रहरीले छाेड्याे, परिवारकाे जिम्मा News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’

‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल क्रिकेट सङ्घद्वारा आज विराटनगरमा आयोजित दुई दिने वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले प्रदेशका नौ स्थानमा आधारभूत तहदेखि क्रिकेट खेलाडी उत्पादनका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रङ्गशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रङ्गशाला निर्माण गरी सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो । उहाँले मेची रङ्गशालामा प्रदेश सरकारले अन्तरराष्ट्रिस्तरको प्रतियोगिता सञ्चालन गर्नका लागि रातो किताबमा बजेटको व्यवस्था गर्ने जानकारी दिँदै सो रङ्गशालामा रात्रिखेलका लागि ‘फ्लडलाइट’ जडानका गरिने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा क्रिकेटको विकास गर्दै सक्षम खेलाडी उत्पादनका लागि नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा प्रदेश सरकारलाई जोड्न क्रिकेट सङ्घलाई आग्रह गर्दै सो प्रतियोगिताको प्रथम पुरस्कारको व्यवस्था गर्ने तथा विराटनगर किङ्गसको नाम परिवर्तन गरी ‘कोशी अर्नाज’ राख्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विकास भनेको पुलपुलेसा र सडक मात्र नभएर खेलकुदको माध्यमबाट जीवनस्तर सुधार गर्नु, मुलुकमा रोजगारी सिर्जना गर्नु तथा स्थानीयको आयआर्जन बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउनु पनि हो ।”

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटको माध्यमबाट नेपालको पहिचान विश्वमा पुगेको बताउँदै यस खेलको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डमा उपाध्यक्ष र सदस्यसचिव नियुक्ति नहुनाले खेलुकुदका लागि बजेट छुट्याउन समस्या भएको धारणा राख्नुभयो ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलका वरिष्ठ व्यवस्थापक रोहित पोद्धारले नेपाल सहआयोजक भएको अन्डर-१९ महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने र खेलाडीले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित मेहताले मुलुकमा लोकप्रिय खेलका रूपमा पछिल्लो समय क्रिकेट विकास हुँदै गएकाले यसको थप विकासका लागि आवश्यक सहयोग निरन्तर रहने विचार व्यक्त गर्नुभयो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चुतुरबहादुर चन्द्र, उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारश खड्का, कोशी प्रदेशिक क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेलगायतले नेपाल प्रिमियर लिगका कारण गाउँगाउँमा क्रिकेटको लोकप्रियता वृद्धि हुँदै गएको धारणा राख्नुभयो । रासस