५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन



अ+ अ-

काठमाडाैँ । रौतहटमा प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालनमा ल्याएको छ । रौतहटमा पछिल्ला समय युवापुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि प्रहरीले ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो ।

नेपाल–भारत सीमा क्षेत्र तथा जिल्लाको उत्तरीभेग चन्द्रनिगाहपुरको विभिन्न भू–भागमा लागुऔषध सेवनकर्ता तथा बिक्रीवितरणमा बढोत्तरी भएपछि यसको नियन्त्रणका लागी प्रहरी सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा लागुऔषध कारोबारसम्बन्धी मुद्दामा २६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रहरीले ६३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार लागुऔषध नियन्त्रण केबल पक्राउ र कारबाहीमा सीमित राखेर समस्या समाधान नहुने देखिएपछि जिल्लामा ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ शुक्रबारदेखि सुरु गरिएको हो । प्रहरीको तथ्याङ्कले रौतहटमा सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार तथा युवामा यसको प्रयोग बढ्दै गएको देखाइरहेको छ । विशेषगरी बेरोजगारी, कमजोर पारिवारिक निगरानी, सीमापार सहज आवतजावत र साथीहरूको प्रभावका कारण किशोर तथा युवा वर्ग लागुऔषधको दुव्र्यसनतर्फ आकर्षित भइरहेको प्रउ रिजालको भनाइ छ ।

प्रउ रिजालले लागुऔषध दुव्र्यसनलाई केवल कानुनी विषयका रूपमा नभई सामाजिक, पारिवारिक र स्वास्थ्यसँग गाँसिएको जटिल समस्याका रूपमा बुझ्नुपर्ने बताउनुभयो । पक्राउ गरेर मात्रै समस्या समाधान नहुनेहुँदा खोज, उपचार र सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने रौतहट प्रहरी प्रमुख रिजालले बताउनुभयो । अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पुगेर लागुऔषध सेवनकर्ताको पहिचान, तथ्याङ्क सङ्कलन, परामर्श सेवा, सचेतनामूलक कार्यक्रम तथा आवश्यक परे उपचार र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेसमेत उहाँले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिनेछ ।

पहिचान भएका व्यक्तिलाई अपराधीको दृष्टिले नभई सुधार आवश्यक व्यक्तिका रुपमा हेरेर पुनःसमाजमा स्थापित गर्ने रणनीति बनाइएको छ । लागुऔषध दुव्र्यसनीका कारण पनि एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या रौतहटमा बढेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार रौतहटमा एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ५४० रहेको छ भने ४२५ जनाले औषधि सेवन गर्दै आएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले जानकारी दिए ।