७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धिको सारथी बन्छु : विद्या



अ+ अ-

कास्की । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताउनुभएको छ ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी उहाँले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्छु भन्नुभयो ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्यसमेत रहनुभएको थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अव विद्यासँग सहकार्य गरेर विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।